logo
       

CSR

CSR

सिटिजन्स बैंकद्वारा बाढी पिडितलाई रु. पाँँच लाखको आर्थिक सहयोग

2074-05-20

बैंकको पाँचौं वार्षिकोत्सवका दिन बैंकद्वारा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरु

2069-01-01

संस्थागत सामाजिक उत्तरदायित्व ः

१.All Nepal Lawn Tennis Association को आयोजनामा संचालित Citizens Bank Veterans Tennis Tournament को प्रायोजन गरिएको छ ।

२. नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा बैंकले आफ्नो वार्षिकोत्सवका दिन रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।

३. नेपाल आँखा बैंक, तीलगंगा आँखा केन्द्रको सहकार्यमा बैंकले आफ्नो वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा २९ व्यक्तिहरुले आफ्नो मृत्युपश्चात आँखाको नानी दान गरेका छन् ।

४. मिर्गौला दान कार्यक्रम Aarogya Foundation आरोग्य फाउन्डेशनको सहकार्यमा बैंकले आफ्नो वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा १९ व्यक्तिहरुले आफ्नो मृत्युपश्चात मिर्गौला दान गरेका छन् । मिर्गौला दानका अधिक जानकारीका लागि बैंकले क्तबिि को व्यवस्था गरेको छ ।

५. ‘नेशनल किड्नी सेन्टर’ लाई आर्थिक सहयोग स्वरुप रु १,००,००० प्रदान गरिएको छ ।

६.१० जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि बाल विकास समाजलाई रु.७५,०००।– आर्थिक सहयोग प्रदान गरिएको छ ।

७.बैंकले भौतिक सहयोग स्वरुप २ थान कम्प्यूटर युवा अपाङ्ग संगठन, नेपाललाई वितरण गरिएको छ ।

बैंकको पाँचौं वार्षिकोत्सवका दिन बैंकद्वारा आयोजित संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमहरु

2069-01-01

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको हुम्ला जिल्लाको सिमकोट स्थित आफ्नो शाखा कार्यालयको प्रथम वार्षिकोत्सवको शुभ अवसरमा बैंकले हुम्लाका जनताको स्वास्थ्यलाई ध्यानमा राखी आफ्नो सामाजिक उत्तरदायित्व अन्तरर्गत निःशुल्क स्वास्थ्य शिविर ९ज्भबतिज ऋबmउ० कार्यक्रमको आयोजना गरेको छ । उक्त स्वास्थ्य शिविर कार्यक्रममा दम, निमोनिया, टाईफाइड, डाइरिया जस्ता रोगहरुबाट पिडित करिब ६०० जना स्थानिय बासिन्दाहरुले आफ्नो स्वास्थ्य परिक्षण गरेका थिए । उक्त कार्यक्रममा १७ जना स्वास्थ्यकर्मी एवम् स्वयंसेवकहरु परिचालित थिए । यो कार्यक्रम लोमस फर्मास्युटिकल्स प्रा.लि. र चित्त मेडिकल, समिकोटको सहकार्यमा आयोजित गरिएको थियो । गत वर्ष पनि बैंकले उक्त शाखाको उद्घाटन समारोहमा निःशुल्क स्वास्थ्य शिविर कार्यक्रम आयोजना गरेको थियो जस कार्यक्रममा करिव ५०० जना बासिन्दाहरुको स्वास्थ्य परिक्षण गरिएको थियो । बैंकले नेपालको शिक्षा जगतमा टेवा पु¥याउने उद्देश्यले भेरी अञ्चल, बर्दिया जिल्ला गुलरिया स्थित श्री मदरसा असरफिला उलुम प्रा. विद्यालय र ललितपुर जिल्ला धोविघाट स्थित संचेतना प्राथमिक विद्यालयलाई सामाजिक उत्तरदायित्व अन्तरगत भौतिक सहयोग स्वरुप १–१ थान कम्प्यूटर वितरण गरेको छ । गत वर्ष झैं यस वर्ष पनि बैंकले उपलब्ध गरेको उक्त सहयोगले श्री मदरसा असरफिला उलुम प्रा. विद्यालयमा अध्ययनरत्त मुस्लिम समुदायका बालबालिकाहरु र संचेतना प्राथमिक विद्यालयलाई प्रदान गरेको सहयोगले अपाङ्ग बालबालिकाहरुको कम्प्यूटर सम्बन्धी ज्ञानको विकासमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत बैंकले शिक्षा, स्वास्थ्य तथा खेलकुद जस्ता क्षेत्रहरुमा प्रत्येक वर्ष सहयोग पु¥याउँदै आएको तथा भविष्यमा पनि बैंकले यस्तै सहयोग पु¥याउने छ ।

Blood Donation Program

2068-01-01

Blood Donation Program conducted on the occasion of First Anniversary of Gaighat Branch of Bank

Donation of two units of Computer

2068-01-01

Donation of two units of Computer to Shree Bhugi Secondary School, Adhikarichour, Baglung

सिटिजन्स बैंक इन्टरनेसनल लि.का सामाजिक उत्तरदायित्व सम्बन्धी कार्यक्रम सम्पन्न

2068-01-01

बैंकले महाकाली अञ्चल, कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिका स्थित महिला तथा वृद्ध सेवा केन्द्रलाई भौतिक सहयोग स्वरुप १२ थान पलङ्ग सेट ९द्यभम क्भत० तथा शयन सामाग्रीहरु वितरण गरेको छ । बैंकको महेन्द्रनगर शाखा कार्यलयको प्रांगणमा आयोजित एक समारोहका बीच बैंकका शाखा प्रबन्धक श्री विकास चन्दले उक्त आश्रमका अध्यक्ष श्री शारदा चन्दलाई सो सामाग्री हस्तान्तरण गर्नुभयो । उक्त सहयोगबाट त्यस वृद्धआश्रममा आश्रित ३७ जना वृद्धवृद्धाहरुलाई शयनका लागि सजिलो हुने विश्वास बैंकले लिएको छ ।