“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चितवन मानव सेवा आश्रमलाई रू तीन लाखको आर्थिक सहयोग उपलब्ध गराएको छ । आश्रमको सभा कक्षमा आयोजित कार्यक्रम बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीको समुपस्थितिमा आश्रमकी अध्यक्ष श्रीमती ममता शर्मा न्यौपानेलाई रू तीन लाखको चेक बैंकका प्रमुख प्रशासकीय अधिकृत श्रीमती उमंग शर्माद्वारा हस्तान्तरण गरियो । उक्त समारोहमा बैंकको नारायणघाट शाखाका प्रबन्धक श्री बासुदेव सेढाई तथा चितवन मानव सेवा आश्रमका संचालक सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई संम्बोधन गर्ने क्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मानिसमा उद्यमशिलताको विकाश हुनु नितान्त आवश्यक रहेको साथै अध्यात्मले मानिसलाई जीवनयापन गर्न सजिलो बनाउने कुरा व्यक्त गर्नु भयो । हालसम्म आश्रमले विभिन्न उमेर समुहका असमर्थ असक्त, अपाङ्ग र मानसिक सन्तुलन गुमेर सडकमा आएका १४७ जनाको उद्धार गरी आश्रममा ल्याई औषधी उपचार सहितको गाँस, बाँसको व्यवस्था गर्दै आई रहेको साथै हाल ५४ जनाले उक्त आश्रममा सेवा लिई राखेको र ६४ जनालाई उपचार पस्चात परिवारमा पुर्नमिलन गराइएको कुरा आश्रमकी अध्यक्षले जानकारी गराउनु भयो । अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराउनु भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम.र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।