March 20, 2020
Press Release (COVID - 19)
प्रेस विज्ञप्ति
चैत्र ०७, २०७६
आज विश्वका धेरै भू–भागहरु कोभिड–१९ (Covid - 19) को प्रकोपले आक्रान्त रहेको र विश्व स्वास्थ्य संगठनले पनि नेपाललाई जोखिमपूर्ण राष्ट्रको रुपमा सूचिकृत गरेको सबैमा विदितै छ ।
यसै सिलसिलामा माननीय उपप्रधानमन्त्रीको संयोजकत्वमा गठित नोभल कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको मिति २०७६।१२।०५ मा बसेको निर्णय अनुसार एकपटकमा २५ जना भन्दा बढी जम्मा नहुन, अत्यावश्यक काम बाहेक आवतजावत र हिँडडुल नगर्न, लगायत बिभिन्न निर्देशन दिएकोछ ।
कोरोना सङ्क्रमण बढ्न सक्ने एक माध्यम बैंक नोटहरु पनि हुन सक्ने देखिएकोले सम्भब भएसम्म नोट कारोबारको सट्टा कार्ड तथा विद्युतिय कारोवारको माध्यम प्रयोग गर्नुहुन सबैमा अनुरोध गर्दछौं ।
शाखाहरुमा भिडभाड कम गर्न तथा विद्युतिय कारोवारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाहरुले निम्न सुबिधाहरु प्रदान गरेको व्यहोरा अनुरोध गर्दछौं –
१. इन्टरनेट / मोबाइल लगायत विभिन्न विद्युतिय माध्यमवाट गरिने कारोवारमा कुनै शुल्क लाग्ने छैन ।
२. कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपाल भित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे ATM प्रयोग गर्दा कुनै शुल्क लाग्ने छैन ।
३. नेपाल क्लियरिङ्ग हाउसले प्रदान गर्ने Connect IPS सेवामा कुनै शुल्क लाग्ने छैन ।
उपरोक्त सेवा / सुबिधाहरुमा शुल्क नलाग्ने व्यवस्था अर्को सूचना प्रकाशित नभएसम्मका लागि उपलब्ध हुनेछ ।
इन्टरनेट / मोबाइल बैंकिङ्ग सेवा लिनु भएका ग्राहकहरुले आफ्नो पासवर्ड बिर्सिएमा वा अन्य कुनै प्राबिधिक समस्या भएमा आफ्नो सम्बन्धित शाखामा फोन मार्फत् सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं ।
साथै, अत्यावश्यक अवस्थामा बाहेक शाखामा नजानु हुन, भिडभाड कम गर्न तथा कोरोना संक्रमणबाट जोगिन / जोगाउनका निमित्त सहयोग गर्नका लागि सबै ग्राहकवर्गमा हार्दिक अनुरोध गर्दछौं ।
नेपाल बैंकर्स संघ डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपाल नेपाल वित्तीय संस्था संघ