प्रेस विज्ञप्ती
मिति२०७७।६।२९
सिटिजन्स बैंकका ग्राहकहरुले डिल आयो डट कममा २५ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सक्ने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडका ग्राहकहरुले डिल आयो डट कममा २५५सम्म क्यासब्याक प्राप्त गर्न सक्ने भएका छन् ।बैंकका डेबिट÷क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा रु १००० भन्दामाथिको कारोबार गर्दा २५५ सम्मवा रु २५०० सम्मको क्यासब्याकप्राप्तगर्न सक्ने छन् । यो योजनायहीकात्तिक ६ गते सम्मलागू हुने छ । नजिकिदंै गरेको महान चाड दशैलाई लक्षितगरि ल्याइएको यो योजना बाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरस (COVID-19) को महामारीबाट सम्पूण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदानगर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकमझिक्न (Scan & Withdraw) सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमानआइकनै बैकिङ्ग सुबिधा प्राप्तगर्न सहजहोस् भनी यस बैंकमा बचत खाता संचालनगर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
उमंग शर्मा
प्रवक्ता