सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गम स्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथाअत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ । यसै क्रममा बैंकले रौतहट जिल्लाको फ्तुवाबिजयपुर नगरपालिका –०५ सन्तपुर दोस्तियामा यहि पौष १८ गतेबाट १०३ ओैँ शाखा रहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । फ्तुवाबिजयपुर नगरपालिकाकी उप–मेयर श्रीमती कान्ती देवीमहतोले सो शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन गर्नुभएको हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी वृजकिशोर प्रसाद यादवलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।
यस शाखा रहित बैंकिङ्गबाट निक्षेप संकलन, रकमभुक्तानी, कोष स्थानान्तरण, मोबाइलफोनको बिलभुक्तानी, उपयोगी सेवाहरुको रकमभुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवाहरु उपलब्ध गराउने लक्ष्य राखिएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रतिउल्लेखिय विश्वास एंव बैंकिङ्ग सभ्यताको बिस्तार हुने अपेक्षा बैंकले लिएको छ ।