प्रेस विज्ञप्ती
मिति२०७७।६।२८
अब सिटिजन्स बैंककाग्राहकले आफ्नो मोबाइलबाटै मोबाइल बैंकिङ्गपिन रिसेट गर्न सक्ने
सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले अब बैंकमा नगईकन मोबाइल बैंकिङ्गको पिन रिसेटगर्ने सुबिधाको सुरुवात गरेको छ ।बैंककाग्राहकले अब मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामागएर निवेदनदिने मmन्मmट बाट मुक्तहुने भएका छन् । हालको विषम परिस्थितिलाई लक्षित गरी बैंकले आफ्ना ग्राहकहरुलाई सहज रुपमाआधारभूत बैंकिङ्ग सेवाप्रदानगनैं र डिजिटल माध्यमबाट कारोवार गर्न सहयोग पु¥याउने उद्देश्यका साथ यो सेवाको सुरुवात गरेको हो ।
साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकमहानुभावहरुलाई सकेसम्म बैंकमानआइकनै बैकिङ्ग सुबिधाप्राप्तगर्न सहजहोस् भनी यस बैंकमा बचत खाता संचालनगर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्कमिनाहाहुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशै भरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा ए.टि.एम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । विश्वकाअधिकांशमुलुकहरु कोरोना भाइरस (COVID-19) को महामारीबाट आक्रान्तबनेको अवस्थामायस बैंकले नविनतमप्रविधिको अधिकतमप्रयोग गर्दै सावधानीपूर्वक आफ्नाआदरणीय ग्राहक महानुभावहरुको वित्तीयआवश्यकताहरु डिजिटली प्रदानगरिरहेको छ । नेपाल सरकारले गरेको रोकथामतथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले बैंकले यस बैंकको ए.टि.एमकुनै पनि बैंकको ए.टि.एममा प्रयोग गर्दा शुल्कनलाग्ने व्यवस्था गरेको छ । कर्जालाई सरल र सहजतरिकाले ग्राहक सामु पस्कने उद्देश्यका साथ बैंकले घर कर्जा ९.५०% वार्षिक ब्याजदरमा एसएमई कर्जा (सानातथामझौलाकर्जा) ९.५०% वार्षिक ब्याजदरमा र मोर्टगेज लोन (व्यक्तिगतकर्जा) १०.९९% वार्षिक ब्याजदरमा प्रवाह गर्ने योजना संचालनमा ल्याएको छ।
उमंग शर्मा
प्रवक्ता