प्रेस विज्ञप्ती
मिति २०७९।०६।०६
सिटिजन्स बैंकद्धारा आर्थिक वर्ष २०७८/७९ को लागी ९ प्रतिशत लाभांश प्रस्ताव
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागु हुने गरी यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको आज मिति २०७९ साल आश्विन ०६ गते बिहिबार बसेको ४०३ औं सञ्चालक समितिको बैठकले शेयरधनी महानुभावहरुलाई आर्थिक वर्ष २०७८/७९को मुनाफाबाट ९ प्रतिशत लाभांश स्वीकृत गरेको छ । सञ्चालक समितिको बैठकले प्रस्ताव गरे अनुसार आ.व २०७८/७९ को वितरण योग्य मुनाफाबाट २०७९ आषाढ मसान्तको चुक्ता पुँजी रु. १४,२००,९७४,००६/– को ९ प्रतिशतले हुने रु १,२७८,०८७,६६१ नगद लाभांश दिने प्रस्ताव गरिएको छ ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनी महानुभावहरुलाई प्रस्तावित लाभांश वितरण गरिने कुरा बैंकले जानकारी दिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ७० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नारायण राज अधिकारी
प्रवक्ता
Download file for full story:
Download