प्रेस विज्ञप्ती
सिटिजन्स बैंक कोल्हुवा शाखाद्वारा कम्पोस्ट बिन बितरण
भाद्र ११ , २०८० काठमाडौँ
बिगत १७ वर्ष देखी निरन्तर उत्तरदायी बैंकिङ सेवा प्रदान गर्दै आइरहेको यस सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले आफ्नो कोल्हुवा शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समिति, मध्यबिन्दु २ नवलपुरलाई १३ वटा प्लास्टिक कम्पोस्ट बिन हस्तान्तरण गरेको छ । बैंकले एक समरोहका बिच कोल्हुवा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष श्री सुबासचन्द्र नेपाललाइ सो सामाग्री हस्तान्तरण गरको हो । कम्पोस्ट बिनको प्रयोगले उपभोक्तका भान्छाघरमा प्रयोग भएका दैनिक उपभोग्य बस्तुहरु बाट उत्पन्न हुने नियमित फोहोरलाई व्यवस्थापन गर्न मद्दत गर्दछ । कम्पोस्ट बिनको प्रयोगद्वारा जैविक फोहोरलाई हटाएर समुदायले उत्पादन गर्ने समग्र फोहोरलाई कम गर्ने र स्थानीय फोहोर व्यवस्थापन प्रणाली र ल्यान्डफिल क्षमताहरूमा भार कम गर्ने विश्वास बैंकले लिएको छ ।
आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको कुरा जानकारी गराएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८८ वटा शाखा, १४८ वटा ए.टि.एम. ३ विस्तार काउन्टर र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १६ लाख ३७ हजार भन्दा बढी ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
Download file for full story:
Download