सिटिजन्स बैंकद्वारा ग्राहकहरुको सहजताका लागी Citizens Support Centre (कल सेन्टर) सेवा सुरुवात
माघ २३, २०७८ काठमाण्डांै
सिटिजन्स बैंकले डिजिटल बैंकिङ्गको बढ्दो आवश्यकतालाई मध्यनजर गर्दे आफ्नै नयाँ Citizens Support Cener (कल सेन्टर) सेवा २३ माघ ,२०७८ देखि संचालनमा ल्याएको छ । अब यस बैंकका ग्राहकहरुले बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन गर्न सक्नुहुनेछ । ग्राहकहरूले 01-5970068 नम्बरमा फोन गरी तथा support@ctznbank.com मा ईमेल गरी कल सेन्टरको सुबिधा प्राप्त गर्न सक्नुहुनेछ । कल सेन्टरको प्रयोगले ग्राहकहरुलाई सहज ढंगले बैंकिङ्ख सेवा र सूचना प्राप्त गर्न सहयोग पुग्ने छ । हालका लागी यो सेवा आठ घण्टाको लागी आरम्भ गरिएको छ । क्रमशस् सेवाको समयावधि पनि थप्दै लगिने योजना रहेको छ । देशभरी रहनुभएका १३ लाख भन्दा बढी ग्राहकहरुलाई यो सेवाको आरम्भ भएसगै बैकसंग थप नजिक हुन सहज हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंकले नगद रहित बंैकिङ्ग (Cashless Banking),व्यत्तिको उपस्थित बिनाको बैकिङ्ग (Manless Banking) ,प्रणालिको स्व संचालन (Process Automation) तर्फ अफूलाई अग्रगामी बनाउदै लगेको कुरा सो कार्यक्रममा उपस्थित बैंकका व्यवस्थापकहरुलाई प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले बताउनु भयो । अबको बंैकिङ्ग गा्रहकहरुलाई सरल , सुलभ, सुरक्षित, सहज बनाउदै प्रविधिको अत्याधिक प्रयोग गर्ने गरी काम अघि बढाउन उपस्थित व्यवस्थापकहरुलाई पोखरेलले अनुरोध गर्नुभयो।
सिटिजन्स बैंकले डिजिटल बंैकिङ्गमा अत्याधिक प्रयोग बढाउदै लगेको छ । प्रविधि मैत्री र नयाँ पुस्ता (Fintech and Next Gen-Banking) बंैकिङ्गमा सिटिजन्सले आगामि दिनमा अत्याधिक प्राथमिकतामा राखि संचालन लागत घटाउन र ग्राहक मैत्री सहजता दिने विश्वास पनि पोखरेलले व्यक्त गर्नुृृभयो। साथै वहाँले बैंकले आगामी दुई बर्ष भित्रको डिजिटल बैकिङ्ग सम्बन्धी मार्गचित्र समेत बनाएर अघि बढेको जानकारी दिनु भयो ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ९० वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १३ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस (COVID19) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
पारस कुमार काफ्ले
नायब प्रमुख कार्यकारी अधिकृत
Download file for full story:
Download