सिटिजन्स बैंकद्वारा श्री १८ नम्बर बाहिनीअड्डा, भुल्के, गाईघाटमा ए.टि.एम सञ्चालन
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुरको गाईघाट स्थित श्री १८ नम्बर बाहिनीअड्डा, भुल्केमा ए.टि.एम. सेवाशुभारम्भ गरेको छ । श्री १८ नम्बर बाहिनीका बाहिनीपति सहायकरथी श्री कृष्ण प्रसाद सापकोटाले उक्त ए.टि.एम सेवाको उद्घाटन गर्नुभएको हो । उक्त ए.टि.एम सेवाको सञ्चालन पश्चात् उक्त बाहिनीअड्डाका सैनिकतथा त्यस क्षेत्र वरपरका जनतातथा सेवाग्राही लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।