प्रेस विज्ञप्ती
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड द्वारा नगद अमेरिकी डलरको बिक्री सुचारु
पौष ९,२०७८ काठमाण्डौ
हजुरहरुको प्रगतिको साथीू भन्ने मूल नाराका साथ आफ्ना सेवाहरुलाई परिस्कृत गर्दै यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना गा्रहकहरुको सुविधाको लागी विदेशबाट अमेरिकी डलर आयात गरी बिक्री बितरण शुरु गरेको छ । हाल बजारमा भएको अमेरिकी डलरको अभावलाई पूरा गर्न साथै ग्राहकहरुको मागलाई पूरा गर्न सिटिजन्स बैंकलै अमेरिकी डलर आयात गरेको हो ।
विभिन्न प्रयोजनका लागी विदेश जानुपर्र्ने गा्रहक महानुभावहरुले आवश्यक कागजाजहरु बैंकमा बुझाई आफुलाई आवश्यक पर्ने अमेरिकी डलर सहजरुपमा सटही गर्न सक्ने बैंकले जनाएको छ । यस्तो सटही सुविधा हाल काठमाण्डौ उपत्यकाको दरवारमार्ग , कुमारीपाटी , बौद्ध , कोटेश्वर,कुलेश्वर ,ठिमी, कमलादी ,न्यूरोड, डिल्लीबजार, नयाँबजार,भंैसेपाटी लगायतका शाखाहरुबाट प्राप्त गर्न सकिने छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १७४ वटा शाखा, १२३ वटा ए.टि.एम. र ८८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १२ लाख ८० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस (COVID19) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानी पूर्वक आफ्ना आदरणीय ग्राहक महानुभावहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्ग एपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न Scan & Withdraw सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्त हुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनि गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनि कायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहक महानुभावहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहज होस् भनी यस बैंकमा बचत खाता संचालन गर्दै आउनुभएका ग्राहक महानुभावहरुलाई बैंकको मोबाइल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, शेयर कारोबारको सहजीकरणका लागि डि—म्याट तथा आस्बा सेवा,कार्ड लगायतका विद्मुतिय भुक्तानीका माध्यमहरुमा पहिलो बर्षको शुल्क मिनाहा हुने व्यवस्था समेत मिलाइएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
पारस कुमार काफ्ले
नायब प्रमुख कार्यकारी अधिकृत
Download file for full story:
Download