प्रेस विज्ञप्ती
मिति २०७९।०६।१२
सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारण सभा कार्तिक ०४ गते
मिति २०७९/०६/१२ गते बसेको सञ्चालक समितिको ४०४ आंै बैठकले निर्णय गरे अनुसार सिटिजन्स बैंकको सोह्रौं वार्षिक साधारण सभा २०७९ साल कार्तिक महिना ४ गते, शुक्रबार (तद्अनुसार अक्टोबर २१, २०२२) का दिन बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाण्डौमा बस्ने भएको छ । आ.व. २०७८÷७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन माथि छलफल एवं लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकीकृत वासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सानको हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल लगायत सञ्चालक समितिबाट प्रस्ताव गरे अनुसार ९ प्रतिशतका दरले हुन आउने रु. १,२७,८०,८७,६६१ बराबरको नगद लाभांश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने विषयहरु साधारण सभाका प्रस्तावहरु रहेका छन्।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ४६ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
नारायण राज अधिकारी
प्रवक्ता
Download file for full story:
Download