September 06, 2022
सिटिजन्स बैंकको कार्डबाहकहरूलाई नेसनलप्याथल्याबको हेल्थप्याकेजहरुमा १७% सम्मको आकर्षक छुट
प्रेस विज्ञप्ती
मिति२०७९।०५।२१
सिटिजन्स बैंकको कार्डबाहकहरूलाई नेसनलप्याथल्याबको हेल्थप्याकेजहरुमा १७% सम्मको आकर्षक छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्गस्थित“क”वर्गको नेसनलप्याथल्याबबीच सिटिजन्स बैंकको कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले नेसनलप्याथल्याबकाविभिन्न स्वास्थ्य सम्बन्धिजाँच र हेल्थप्याकेजहरुमा १७% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरीय सेवाप्राप्तगर्नुका साथै अधिकतमलाभ समेत प्राप्तगर्न सक्नेमा बैंक विश्वस्त रहेको छ।
आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्नेअभिप्रायका साथ यस अघि नै बैंकले कियोस्क (KIOSK), ई.के.वाई.सी. (E-KYC) तथानागरिक एपमार्फत अनलाइनखाताखोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथसाथै, यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापनागरिसकेको छ । जसबाट बैंकका ग्राहक सेवा प्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधान शाखामा उपस्थित नभईकन 01-5970068 नम्बरमाफोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १४ लाख ५७हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
नारायण राजअधिकारी
प्रवक्ता
Download file for full story:
Download