प्रेस विज्ञप्ती
मिति २०८०।०२।२४
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र हिमालयन क्यापिटल लिमिटेड बिच ऋणपत्र निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले १० वर्ष अवधि भएको “१० प्रतिशत सिटिजन्स बैंक ऋणपत्र २०८०” जारी गर्नका लागी हिमालयन क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । बैंकले प्रति ऋणपत्र अंकित मूल्य रु. १,०००/- दरका जम्मा रु. ३,००,००,००,०००/- (अक्षरेपि तीन अर्ब रुपैया मात्र) रकम बराबरको ३०,००,००० कित्ता ऋणपत्र जारी गर्न लागेको हो । सम्झौतामा सिटिजन्स बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेल तथा हिमालयन क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परमेश्वर पन्तले हस्ताक्षर गरेका छन् ।
उच्चतम प्रतिफल सहितको यस ऋणपत्रबाट दिर्घकालिन लगानी कर्ताहरु लाभांन्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १८३ वटा शाखा, ३ वटा विस्तारित काउण्टर, १४० वटा ए.टि.एम., ६ वटा कियोस्क सेवा र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव १५ लाख७२ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
नारायण राज अधिकारी
प्रवक्ता
Download file for full story:
Download