March 22, 2020
सिटिजन्स बैंकद्वारा पाँचौ विशेष साधारणसभा स्थगित
प्रेस विज्ञप्ती
मिति २०७६।१२।९
सिटिजन्स बैंकद्वारा पाँचौ विशेष साधारणसभा स्थगित
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डाँकेको पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ। मिति २०७६/१२/१० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाण्डौमा गरिने भनीएको पाचौं विशेष साधारण सभा विश्वभरी फैलिएको कोरोना भाइरस (COVID-19) को जोखिम र नेपाल सरकारबाट जारी निर्देशन र सूचना अनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाईएकोले सो निर्देशन र सूचनाको परिपालना गर्दै यस बैंकको संचालक समितिको मिति २०७६/१२/०८ शनिवारका दिन सम्पन्न ३३० औं बैठकको निर्णय अनुसार अर्को सूचना नभएसम्मको लागि उक्त विशेष साधारण सभा हाललाई स्थगित गरिएको कुरा बैंकले जनाएको छ । यसवाट शेयरधनीमहानुभावहरुलाई पर्न गएको असुविधा प्रति बैंक क्षमाप्राथि छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९४ वटा शाखा, ९४ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । कोरोना भाइरस (COVID-19) महामारीको जोखिम न्यूनिकरणका लागि नेपाल सरकारले गरेको रोकथाम तथा नियन्त्रणको प्रयासलाई टेवा पुर्याउने उद्देश्यले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले इन्टरनेट तथा मोबाइल बैंकिङ्ग लगायतका विद्युतिय माध्यमबाट गरिने भुक्तानीका सबै सेवाहरू निःशुल्क गरेको छ ।
उमंग शर्मा
प्रवक्ता