प्रेस विज्ञप्ती
मिति२०७८।१२।२५
सिटिजन्स बैंक रपार्क सफारी रिसोर्ट प्रा.लि.बीचसमझदारी
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सौराहा, चितवन स्थितपार्क सफारी रिसोर्ट प्रा.लि.बीचसिटिजन्स बैंकका कार्डबाहकहरूलाई १०%छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुलेपार्क सफारी रिसोर्टका सबै सेवा सुविधामा १०%छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंककाग्राहकहरु लाभान्वितहुने विश्वास बैंकले लिएको छ ।
बैंकले हालसम्मकार्ड नभएकाआफ्नाग्राहकहरुलाईतत्कालैनयाँ कार्ड उपलब्ध गराउनसिटिजन्स इन्स्ट्यान्ट कार्डको व्यवस्थासमेत गरेको छ । यस्तैमोबाइल बैकिङ्गमार्फत खानेपानी, विजुलीतथा इन्टरनेटको बिलभुक्तानी, प्रिपेड तथापोष्टपेड मोबाइलबिलभुक्तानी, कार्डलेस विथड्रल (यो सुविधामार्फत सिटिजन्स बैककामोबाइलबैंकिङ्गसुविधालिएकाग्राहकहरुले बिना कार्ड एटिएमबाट पैसा निकाल्न सक्नेछन् )र मुद्दती खाताको आवेदनदिन सक्ने लगायतकाव्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।हालैबैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले यहि चैत्र ७गते देखि वैशाख ७गते सम्म १ महिनाको लागिलागू हुने गरि विभिन्न सेवा सुविधामाभारी छुट र क्यासब्यक, लगायतका योजनाहरु पनि सार्बजनिक गरेको हो ।सो योजनाअन्तर्गत डेविट/क्रेडिट कार्ड प्रयोगकर्ताहरुले पस मेसिन र अनलाईन मार्फत रु १००० वा बढीको कारोबार गर्दा एकमुष्ठ रु २०० क्यासब्याकदिइने छ ।साथै, रु ५,००,००० सम्मको दुर्घटना मृत्यु बीमातथा रु ५०,००० सम्मको स्वास्थ्यबीमा सुविधा सहितको सिटिजन्स संरक्षित बचत खाताखोल्दाबचतकर्ताहरुको लागिनिशुल्क डेविट कार्ड, मोबाइल/ इन्टरनेट बैंकिङ्ग, डिम्याट खाताप्रदानगर्नुका साथै देशभरका कुनै पनि बैकको ए.टि.एम बाट निःशुल्क रकमनिकाल्न सकिने व्यवस्था गरेको समेत जानकारी बैंकले गराएको छ ।
डिजिटल बैंकिङ्गलाई सधै प्राथमिकतामा राख्दै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नाआदरणीय ग्राहकमहानुभावहरुको वित्तीयआवश्यकताहरु सुरक्षिततवरले प्रदानगर्नेअभिप्रायका साथ यस अघि नै कियोस्क (Kiosk) सेवाको सुरुवातपनि गरेको छ । कियोस्क (Kiosk) मार्फत प्रारम्भिक रुपमाग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्ट प्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने, एटिएम तथा बैंककाशाखाको विवरणहरु प्राप्तगर्ने जस्ता सेवा बैककाकर्मचारीको सहयोग बिना नै प्राप्तगर्न सक्नुहुनेछ । साथसाथै यस बैंककाग्राहकहरुको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याहरुको छिटो भन्दा छिटो समाधानप्राप्तहोस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द्र (Customer Support Centre) को समेत स्थापनागरिसकेको छ । जसबाट बैंककाग्राहक सेवाप्रतिनिधिहरुसँग सम्पर्क गरी आफ्ना बैंकिङ्ग सम्बन्धी जिज्ञासा तथा समस्याहरुको समाधानशाखामाउपस्थितनभईकन 01-5970068 नम्बरमाफोन गरी तथा support@ctznbank.com मा ईमेल गरी प्राप्तगर्न सक्नुहुनेछ । यस प्रकारको सेवाबाट बैंककाग्राहकहरुले सहज रुपमा सेवाप्राप्तगरि लाभान्वितहुने तथा डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना १७४ वटा शाखा, १२५ वटा ए.टि.एम. र ९३ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १३ लाखभन्दा बढि ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।
पारस कुमार काफ्ले
नायब प्रमुखकार्यकारी अधिकृत
Download file for full story:
Download