प्रेस विज्ञप्ती
मिति २०७६।१०।२२
सिटिजन्स बैंकद्वारा वातावरणमैत्री ‘सिटिजन्स स्मार्ट बचतखाता’ सञ्चालनमा
सर्वसाधारणलाई गुणस्तरीय सेवा तथा सुविधा दिदैं आएका यस सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले युवावर्ग तथा प्रविधिमैत्री व्यक्तिहरूलाई लक्षित गर्ने अभिप्रायका साथ ‘सिटिजन्स स्मार्ट बचत खाता’ को शुभारम्भ गरेको छ । यस निक्षेप योजनाअन्तर्गत व्यक्तिगत ग्राहकमहानुभावहरुले यो खाता बैंकको कुनै पनि शाखा मार्फत शुन्य मौज्दातमा खोल्न पाउने छन् । यस खाता अन्तर्गत ग्राहक महानुभावहरुले निःशुल्कअन्तर शाखा कारोबार (ABBS), अनलाइन कारोवार गर्न सुरक्षि 3 D Secure प्रविधिमानिःशुल्क दर्ता तथा निःशुल्क डिम्याट खाताखोल्न पाउने जस्ता अनेकन आकर्षक सुविधाहरु उपलब्ध छन् । यस योजनाअन्तर्गत ग्राहकहरूले डेबिट कार्ड,ई–बैकिङ्ग र मोबाइल बैकिङ्गमा प्रत्येक बर्षको बार्षिक शुल्कमा ५०% छुट पाउनेछन् । यस खाताबाहक हरुले जुनसुकै ए.टि.एम बाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । दैनिक मौज्दातमा ६ प्रतिशतव्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानीगर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ ।यो खाता पूर्ण रुपमा डिजिटल प्रविधितथाकागज रहित (वातावरणमैत्री) हुने भएकोले यस खातामा बैकले चेक बुक तथा बैक स्टेटमेन्टभने उपलब्ध गराउने छैन । यस निक्षेप योजनाबाट बैंकका ग्राहकमहानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएकाआफ्ना ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्गएकाई हरुबाट करिव पाँच लाख ग्राहक वर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । ग्राहकवर्गहरु लाई विभिन्न किसिमका निक्षेप तथाकर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाताखोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्निउपलब्ध गराउँदै आएको छ ।सूचनाप्रविधिमाआएको परिवर्तनलाई अंगिकार गर्दै यस बैंकले ग्राहकवर्गलाई घरमै बसेर छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा वित्तीय सेवा सुविधा उपभोग गर्न मिल्ने विभिन्न प्रविधिमैत्री योजनाहरु समेत संचालनमा ल्याएको छ। अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वाक्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिनमार्फत सामानवा सुविधा खरीद गर्दा २०% सम्मक्यास ब्याक(नगदफिर्ता) हुने योजनासञ्चालनमा रहेको छ ।
।।।।।।।।।।।।।।।।।।।।।।।
उमंगशर्मा
प्रवक्ता
Download file for full story:
Download