logo
       

सिटिजन्स बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १०,३७,०९७।०७ जम्मा

2019-04-22

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बारा र पर्सामा विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पीडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले “सिटिजन्स बारापर्सा हुरी पिडित राहत कोष २०७५” को स्थापना गरेको कुरा सर्र्विवदितै छ । बारा, पर्सा लगायत तराईका विभिन्न स्थानमा आएको भीषण हावाहुरीबाट प्रभावितका लागि राहत स्वरुप उक्त राहत कोषमा बैंकको तपÞर्mबाट रू दस लाख र अन्य सहयोगी दाताहरूबाट जम्मा भएको कुल रकम रु १०,३७,०९७।०७ (अक्षरूपी दश लाख सैतिस हजार सन्तानब्बे रुपैया सात पैसा मात्र) बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बैंकले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत गरेको यस परोपकारी कार्यको लागि सम्माननीय प्रधानमन्त्रीज्यूबाट बैंकलाई धन्यवाद ज्ञापन गरिएको छ ।

यस बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोहि अवधि भित्र रु.१ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश: ४|oo२ प्रतिशत र ५ं।९१ प्रतिशतले वृद्धि भएको छ ।