logo
       

सिटिजन्स र एक्सिस बैंक, भारत बिच रेमिटेन्स सम्झौता

2019-01-20

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एक्सिस बैंक लिमिटेड, भारत का बिच विप्रेषण सम्बन्धी सम्झौता भएको छ । यस सम्झौता बमोजिम अब एक्सिस बैंक लिमिटेड मार्फत भारत बाट नेपालमा रहेका आफन्त वा अन्य व्यक्तिहरुले भुक्तानी पाउने गरी पठाएको विप्रेषण रकम सहज रुपमा सिटिजन्स बैंकको नेपाल भर रहेका ८१ वटा शाखाहरु बाट सहज रुपमा भुक्तानी पाउन सकिने छ ।

बैंकले यस अघि कतारको दोहा बैंक, यू.के को क्यास्को फाईनान्सियल सर्भिसेस, स्मल वल्र्ड फाईनान्सीयल सर्भिसेस र अफ्ताब करेन्सी एक्सचेन्ज लिमिटेड, यू.ए.ई को अल अहलिया मनि एक्सचेन्ज ब्यूरो, अल अन्सारी एक्सचेन्ज, एक्सप्रेस मनि सर्भिसेस, अल दहाब एक्सचेन्ज र अल्फा एक्सचेन्ज संग सम्झौता गरी ती विप्रे्रषण कम्पनीहरु बाट बैंकिङ्ग प्रणालि मार्फत नेपाल आएको विपे्रषण रकमको भुक्तानी बैंकको सम्पूर्ण शाखाहरु तथा सहायक प्रतिनिधिहरु बाट गर्दै आइरहेको छ । यसको अतिरिक्त स्वदेशका विभिन्न विपे्रषण कम्पनीहरु संग सहकार्य गरी बैंकले आफ्नो सम्पूर्ण शाखाहरुबाट वेस्र्टन यूनियन, मनिग्राम, आइ.एम.ई, प्रभु मनि, हिमाल रेमिट, सिटि एक्सप्रेस, रिलायबल रेमिट, जे.एम.ई, नेपाल रेमिट, इजिलिङ्क, जि. एम. इ. रेमिट, पृथ्वि एक्सप्रेस, सम्सारा, सेवा एक्सप्रेस ,आईपे रिलायबल ,बुम रेमिट, ओभरसिज रेमिट, सिजि मनि र मुक्तिनाथ रेमिट बाट आएको विपे्रषण रकमको भुक्तानी गर्दै आइरहेको छ । यसका साथै बंैकले निकट भविष्यमा अन्य विभिन्न मुलुकमा रहेका विभिन्न विप्रेषण कम्पनी संग सम्झौता गरी विप्रे्रषण सेवालाइ विस्तार गर्दै लैजाने योजना राखेको छ ।

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरूे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यल्ले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

।।।।।।।।।।।।।।।।।।।।।।।

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत