logo
       

सिटिजन्स बैंक र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल बिच सहकार्य

2075-03-14

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, टोखा बिच बैंकका ग्राहकवर्गलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री बोधराज देवकोटा तथा अस्पतालका तर्फबाट मार्केटिङ तथा व्यापार प्रवर्धन प्रमुख श्री प्रतिक तिवारीले हस्ताक्षर गर्नु भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

.......................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत