logo
       

सिटिजन्स बैंक र किष्ट मेडिकल कलेज शिक्षण अस्पताल बिच सहकार्य

2075-03-28

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र इमाडोलस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पताल बिच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । बैंकका प्रमुख संचालन अधिकृत श्री पारस कुमार काफ्ले र अस्पतालका कार्यकारी अध्यक्ष श्री आशिष थापा ले उक्त सम्झौता पत्रमा हस्ताक्षर गर्नु भएको हो । यस सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले किष्ट मेडिकल कलेज शिक्षण अस्पताल (किष्ट हस्पिटल) मा उपचार गराउँदा बिशेष छुट पाउँनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

.......................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत