logo
       

सिटिजन्सद्वारा वृक्षारोपण कार्यक्रम

2075-02-22

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पुर्याउँदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मिति २०७५ साल जेठ २२ गते अन्तर्रा्ष्ट्रिय वातावरण दिवसको अवसरमा बैंकले आफ्नो प्राङ्गणमा वृक्षारोपण कार्यक्रम संचालन गरेको छ । नेपाल सरकारले अवलम्बन गरेको “एक कर्मचारी एक फलफूलको विरुवा” नीतिलाई मुर्त रुप प्रदान गर्न बैंकको प्राङ्गणमा वृक्षारोपण कार्यक्रम सफलता पूर्वक सम्पन्न गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीको समुपस्थितिमा बैंकका कर्मचारीहरुले वृक्षारोपण गरेका छन्।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ६९ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पैतिस हजार ग्राहकवर्गलाइ आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

....................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत