logo
       

‘7th Citizens Bank Open Tennis Tournament’ को आयोजना

2019-04-25

“योर पार्टनर फोर प्रोग्रेस“ भन्ने नारालाई शिरोधार्य गरी, मिति २०६४ बैशाख ७ गते देखि २० आंै वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले बाह्र वर्ष पुरा गरी तेह्रौँ वर्षमा प्रवेश गरेको सुखद अवसरमा ‘7th Citizens Bank Open Tennis Tournament’ आयोजना गर्ने भएको छ ।

बैंकले काठमाडौँ जिल्ला लन टेनिस संघको सहकार्यमा बैशाख १६ गते देखि २१ गतेसम्म दशरथ रंगशाला तथा आर्मी अफिसर्स क्लब मा उक्त खेल संचालन गर्न लागेको हो ।Men’s Singles, Women’s Singles, Mixed Doubles, 35 + Singles & Doubles, 45 + Singles & Doubles, 55 + Singles & Doubles, 65 + Singles, गरी विभिन्न सात विधामा खेल संचालन गर्न लागिएको कुरा काठमाडौँ जिल्ला टेनिस संघका अध्यक्ष श्री मनोहर दास मुलले जानकारी दिनु भएको छ । खेलका विजेताहरूलाई कुल रू ५,१३,५०० ( अक्षरूपी पाँच लाख तेह्र हजार पाँच सय) बराबरको पुरस्कार वितरण गर्ने कार्यक्रम रहेको छ । यस tournament मा करिव १५० जना खेलाडीहरूको सहभागिता हुने अपेक्षा संघले लिएको छ ।

यस बैंकले आर्थिक वर्ष २०७५।७६ को तेस्रो त्रयमास सम्ममा रु.६८ अर्व ६८ करोड निक्षेप संकलन गरि रु. ६३ अर्व ५९ करोड कर्जा प्रवाह गरी सोहि अवधि भित्र रु.१ अर्व ४९ करोड १४ लाख संचालन मुनाफा र रु.१ अर्व ६ करोड खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्ष सोहि अवधिको तुलनामा क्रमश: ४।oo२ प्रतिशत र ५ं।९१ प्रतिशतले वृद्धि भएको छ ।