logo
       

सिटिजन्सको अनलाइन सेवा ः घरै बसी बसी खाता खोल्न मिल्ने

2075-09-16

Online Account Form

Online Account Form

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा ल्याएको छ । बैंकले सरल,सहज र सुरक्षित तरीकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याएको हो । देश भित्र तथा बाहिर रहेका समस्त नेपाली नागरिकहरूले यस प्रविधिको माध्यमबाट सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । यो सुविधाको सुरुवात संगै बैंकमा खाता खोल्न बैंक धाउनु पर्ने पारम्परिक परिस्थितिको न्युनिकरण हुने विश्वास बैंकले लिएको छ । यस बाट ग्राहकहरूले आफ्नो समयानुकुल बैंकको धभदकष्तभ बाट खाता खोल्न सक्नेछन् । यस अगावै पनि सूचना तथा संचार प्रविधिमा आएको आमूल परिवर्तनलाई आत्मसाथ गर्दै बैंकले इलष्लिभ ब्क्द्यब्, म्झबत, प्थ्ऋ, ःभचय क्जबचभ, क्mबचत द्यबलपष्लन जस्ता ग्राहकमुखी सुविधाहरू प्रदान गर्दै आएको छ ।

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

...................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत