logo
       

सिटिजन्स बैंकको भिजा डेबिट÷क्रेडिट कार्ड प्रयोगमा नगद फिर्ता योजना

2019-01-17

योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गर्दै अनवरत रूपमा नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याउँदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले क्यास ब्याक (नगद फिर्ता)े योजना ल्याएको छ । यो योजना अन्तर्गत बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपाल भित्रको कुनै पनि एइक् मेशिन वा अनलाइन कारोवारमा प्रत्येक कारोवार रकमको १० प्रतिशत फिर्ता प्राप्त गर्न सकिनेछ । यस्तो नगद फिर्ताको सीमा प्रति दिन रु ५००/- र प्रति महिना रु ३०००/- सम्म रहनेछ । यो योजना सिमित अवधीको लागी लागु गरिएको छ ।

यस बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । यसका साथसाथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालय बाटैे छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने उद्देश्यले बैंकले सात वटै प्रदेशमा प्रादेशिक कार्यालयहरुको स्थापना गरिसकेको छ ।

।।।।।।।।।।।।।।।।।।।।।।।

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत