logo
       

सिटिजन्स बैंकद्वारा धनगढी हावाहुरी पिडितलाई आर्थिक सहयोग प्रदान

2019-06-24

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जेठ २३ गते धनगढीमा आएको विनाशकारी हावाहुरीबाट भएको अकल्पनीय जनधनको क्षतिबाट पिडित व्यक्ति तथा प्रभावित परिवारलाई सहयोग गर्ने हेतुले बैंकले आर्थिक सहयोग गरेको छ । धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशिला मिश्र भट्टलाई हावाहुरी पिडितका सहयोगका निम्ति बैंकले रू १,११,१११। ( अक्षरूपी एक लाख एघार हजार एक सय एघार मात्र ) को चेक हस्तान्तरण गरेको हो । यस किसिमको सहयोगबाट जेठ २३ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित व्यक्ति तथा परिवारलाई राहत मिल्ने विश्वास बैंकले लिएको छ । निकट भविष्यमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ ।