logo
       

स्थानीय तहमा सेवा विस्तार गर्ने उदेश्य अनुरुप ः गाउँ गाउँमा सिटिजन्स बैंक

2075-03-31

“योर पार्टनर फोर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०७५ साल असार ३१ गते बैंकको केन्द्रिय कार्यालय नारायणहिटी पथमा आयोजित पत्रकार सम्मेलन बिच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले कम्प्यूटरमा क्लिक गरी प्युठानको झिमरुक, पूर्व रुकुमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारी गरि कुल ४ वटा शाखाहरु संचालनमा ल्याएको छ ।

सरकारले वित्तीय पहँुच तथा समावेशिता वृद्धि र औपचारिक अर्थतन्त्रको प्रवर्धनका लागि सबै नेपालीको बैंक खाता भन्ने नीति अवलम्बन गरेको छ । यसलाई मुर्त रुप प्रदान गर्न यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले थप ४ वटा शाखाहरु संचालनमा ल्याएको छ । संघीयतालाई दह्रो र सहज बनाउन अतुलनीय भूमिका निर्वाह गरेको बैंकले यहि आ.व २०७४।७५ मा नवलपरासीको भुमही, मकवानपुरको मनहरी, बर्दियाको बढैयाताल, झापाको हल्दिबारी, महोत्तरीको औरहि, हुम्लाको सर्केगाड, कास्कीको सिमलचौर, इलामको माङसेबुङ, सोलुखुम्बुको लिखु पिके, रामेछापको सुनापती, काभे्रको तिमाल, सिन्धुलीको हरिहरपुरगढी, धनकुटाको खाल्सा छिन्ताङ सहीदभूमि र दाङको बंगलाचुली गरि कुल १४ शाखाहरु संचालनमा ल्याइसकेको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमा शाखाहरू विस्तार गरी सकेको थियो । २०६८ सालमा हुम्लाको सिमिकोट र २०७१ सालमा डोल्पामा शाखा खोलिनु यसका केहि अनुपम उदहारणहरु हुन । मुलुक संघीय प्रणालीमा गएसंगै अब दुर्गम क्षेत्रका सर्वसाधारणले बैंकिंग सेवा लिन जिल्ला सदरमुकाम वा शहर बजारमै पुग्नु पर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गर्नका निम्ति बैंकले सहयोग गरेको छ । अब आउने निकट भविष्यमानै बैंकले कैलालीको मोहन्याल, काठमाडौँको टोखा र थानकोटमा थप शाखा संचालन गर्ने योजना अगाडी सारेको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले जानकारी गराउनु भएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७८ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

....................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत