logo
       

सिटिजन्स बैंकको “मेरो सिटिजन्स बचत खाता” सार्वजनिक

2075-05-01

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सातै प्रदेशका नेपाली नागरिकलाई लक्षित गरेर नयाँ बचत योजना “मेरो सिटिजन्स बचत खाता“ ल्याएको छ । आज मिति २०७५ साल भाद्र १ गते बैंकको मुख्य कार्यालय भवन ,नारायणहिटी पथ ,दरबारमार्गमा आयोजित पत्रकार सम्मेलन बीच बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारी र ब्रान्ड एम्बेसडर श्री ज्ञानेन्द्र मल्लले संयुक्त रूपमा “मेरो सिटिजन्स बचत खाता” योजना सार्वजनिक गर्नु भएको छ ।

न्यूनतम मौज्दात रु १००–मै खाता खोल्न मिल्ने “मेरो सिटिजन्स बचत खाता” मा निःशुल्क अन्तर शाखा कारोबार ९ब्द्यद्यक्०, निःशुल्क सिटिजन्स स्र्माट (मोबाईल) बैंकिंग सुविधा, अनलाइन कारोवार गर्न सुरक्षित घ म् क्भअगचभ प्रविधिमा निःशुल्क दर्ता, निःशुल्क भिसा डेबिट कार्ड, लकरको वार्षिक शुल्कमा ५०% छुट, विदेशी मुद्रामा ड्राफ्ट÷स्विफ्ट जारी गर्दा ५०% छुट, निःशुल्क आस्वा सेवा जस्ता अनेकन आकर्षक विशेषताहरु उपलब्ध छन् । दैनिक मौज्दातमा ७ प्रतिशत व्याज गणना गरी त्रैमासिक रूपमा भुक्तानी गर्नु यस योजनाको प्रमुख विशेषता रहेको कुरा बैंकले जानकारी दिएको छ । ग्राहकहरुको सेवालाई मुख्य प्राथमिकता दिने यस बैंकले आगामी दिनमा अझै उत्कृ्ष्ट बैंकको श्रेणीमा पुग्ने विश्वास लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७१ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

.....................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत