logo
       

सिटिजन्स बैंक र IRIC बीच सम्झौता

2019-03-10

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र Independent Research & Investment Company Pvt. Ltd (IRIC) बीच तालिम संचालन गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि IRICले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ्ग तालिमहरु प्रदान गर्ने छ । यसका साथै IRICले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहनेछ । अब आउने निकट भविष्यमा पनिे कर्मचारीहरूको वृति विकाशका निमित्त विभिन्न कार्यक्रमहरू संचालन गर्ने कुरा बैंकले जानकारी दिएको छ ।