logo
       

सिटिजन्स बैंकको ब्रान्ड एम्बेसडरमा ज्ञानेन्द्र मल्ल

2075-05-01

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आज मिति २०७५ साल भाद्र १ गते बैंकको मुख्य कार्यालय भवन, नारायणहिटी पथ, दरबारमार्गमा आयोजित पत्रकार सम्मेलन बीच राष्ट्रिय क्रिकेट टिमका उप — कप्तान श्री ज्ञानेन्द्र मल्ललाई ब्रान्ड एम्बेसडर घोषणा गरेको छ । बैंकले आफ्नो ब्रान्ड प्रवद्र्धनका लागि श्री ज्ञानेन्द्र मल्ललाई एक वर्षका लागि अनुबन्ध गरेको हो ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले श्री ज्ञानेन्द्र मल्ललाई ब्याट हस्तान्तरण गरी बैंकको ब्रान्ड एम्बेसडर भएको कुरा औपचारिक रूपमा घोषणा गर्नु भएको छ । नेपालका ‘सुपरस्टार’ खेलाडीलाई बैंकसँग आबद्ध गराउन पाउँदा बैंकको लोकप्रियता तथा व्यावसायिकता अभिवृद्धिमा मद्दत पुग्ने विश्वास बैंकका प्रमुख कार्यकारी अधिकृत श्री राजन सिंह भण्डारीले व्यक्त गर्नु भयो । उहाँले बैंकको ब्रान्ड एम्बेसडरको अन्तर्रा्ष्ट्रिय र र्रा्ष्ट्रिय स्तरको खेलहरुमा थप सफलताको शुभकामना समेत व्यक्त गर्नु भयो । बैंकले खेल जगतको प्रवर्धनका निम्ति यस अगावै पनि विभिन्न कार्यक्रमहरू संचालन गरिसकेको छ । बैंकले खेलाडीहरुको मनोवल उच्च राख्न विभिन्न समयमा अन्तर्रा्ष्ट्रिय र र्रा्ष्ट्रियस्तरका खेलाडीहरूलाई सहयोग गर्दै आएको कुरा सर्वा्विदीतै छ । बैंकले आरम्भ देखि नै वार्षिक रूपमा टेनिस र गल्फ खेलको प्रतियोगिता संचालन गर्दै आएको छ ।ब्रान्ड एम्बेसडरमा नियुक्त भएपछि राष्ट्रिय क्रिकेट टिमका उप — कप्तान श्री ज्ञानेन्द्र मल्लले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले खेल प्रवर्धनको लागि देखाएको अग्रसरता प्रशंसायोग्य रहेको र नेपालको जुनसुकै खेललाई माथि उठाउन कर्पाेरेट क्षेत्रहरुको आवश्यकता रहेको औंल्याए । नेपाली क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका मल्लले बैंकको प्रवद्र्धनका लागि सक्दो सहयोग गर्ने प्रतिक्रिया दिनुभयो ।

.....................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत