logo
       

सिटिजन्सद्वारा हुम्लामा ए.टि.एम सञ्चालन

2075-05-21

“योर पार्टनर फर प्रोग्रेस” भन्ने नारालाई शिरोधार्य गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा ए.टि.एम सञ्चालनमा ल्याएको छ । यसले गर्दा हुम्लामा जिल्लाका तथा यस क्षेत्रको वरपरका जनता निकै लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

.........................................

उमंग शर्मा

प्रमुख प्रशासकीय अधिकृत