logo
       

सिटिजन्स बैंकको सहायक प्रमुख कार्यकारी अधिकृतमा श्री समिर प्रसाद दाहाल नियुक्त

2019-04-29

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल सि.वि.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यसम्पादन गर्दै आउनु भएका श्री समिर प्रसाद दाहाल बैशाख २० गतेबाट लागु हुने गरी यस बैंककोे सहायक प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु भएको छ । करिव १६ वर्ष अघि बैंकिङ्ग करियर थालेका चार्टर एकाउन्टेन्ट श्री दाहाल एक अनुभवी बैंकरका रूपमा परिचित हुनुहुन्छ । ६ वर्षअघि प्रमुख वित्त अधिकृतको रूपमा यस बैंकसंग आबद्ध हुनु भएका श्री दाहाल यस अघि बैंकको भगिनी संस्था सि.वि.आई.एल क्यापिटलको प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँले वित्त तथा योजना तर्जुमा विभाग, आई. टी, संचालन विभाग, कर्जा प्रसाशन विभाग, कर्जा असुली विभाग, अन्वेषण तथा इनोवेशन जस्ता महत्वपुर्ण विभागहरुलाई नविन तवरले संचालन गर्ने विश्वास बैंकले लिएको छ । उहाँ हाल त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गर्दै हुनुहुन्छ ।नववियुक्त सहायक प्रमुख कार्यकारी अधिकृत श्री दाहाल बैंकरहरु बीच एक सफल रणनैतिककार, दुरदर्शी, लगनशील, मिहेनती व्यक्तिका रूपमा परिचित हुनुहुन्छ । उहाँको लामो अनुभवले बैंकलाई थप उचाइ प्रदान गर्नेछ ।